आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको स्वादिलो महाधिवेशन : प्रतिनिधिलाई हरेक दिन फरक स्वाद (भिडियो)

बासमती चामल, खसी र लोकल कुखुराका परिकार, साढे २ करोड खर्च
शुक्रबार, २४ मङ्सिर २०७८, १२ : ५४
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसले शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई स्वादिलो खानाको व्यवस्थापन गरेको छ । काँग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई हरेक छाक फरक स्वादका परिकार पस्कन अनुपम फुडल्याण्ड र दियालो फुडल्याण्डसँग  २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सम्झौता गरेको छ । उनीहरूले प्रत्येक दिन १२ सय रुपैयाँ बराबरको खाना तथा खाजा खान पाउनेछन् । काँग्रेसले महाधिवेशन अवधिभर ३० हजार जनाले जनाले खाना खाने अनुमान गर्दै सोही अनुसारको खानेकुराको अर्डर गरेको हो । 

खानामा बासमती चामलको भात, खसीको मासु र लोकल कुखुरा पनि 

काँग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि फरक फरक स्वादका स्वादिष्ट व्यञ्जन पस्कने मेनु तयार पारेर दिइसकेको छ । सोही अनुसार काम अघि बढेको दियालो फुडल्याण्डका प्रतिनिधि खुबराज खरालले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार महाधिवेशनको प्रत्येक ४ दिनमा फरक फरक स्वादका खाना खुवाउने  सम्झौता भएको छ । बिहानको खाना बेलुका मिसाउने र बेलुकाको खाना बिहान पनि हुने भन्ने गुनासो आउनेका गरेको कारण पनि प्रत्येक छाकमा फरक खाना राखिएको उनले बताए । 

प्रतिनिधिलाई स्वस्थ्यकर खाना खुवाउने प्रतिबद्धता जनाउँदै खराल​ले खानामा प्रत्येक दिन खसीको मासु, माछा अनिवार्य रहने बताए । बेलुकाको खानामा भने कुखुराको मासु र माछाको परिकार व्यवस्था गरिएको छ । २६ गते लोकल कुखुराको मासुको व्यवस्था हुनेछ । एक जना व्यक्ति बराबर प्रत्येक छाकको १२ सय रुपैयाँ पर्ने उनले बताए । 

यस्तै बिहानको खाजाका लागि कुनै दिन चना, अण्डा, जाम पाउरोटी र चिया कफीको व्यवस्था गरिएको छ । कुनै दिन हलुवा पुरी तरकारीको व्यवस्था गरिएको छ । कुनै दिनका लागि आलु परौठाको पनि व्यवस्था गरिएको छ । 

अघिल्लो दिनको खाना फेरी खुवायो भन्ने कुनै भ्रम नरहने गरी खाना बनाउने उनले बताए । 

क–कसले खान्छन् खाना ?

काँग्रेसको महाधिवेशन अवधिमा महाधिवेशन प्रतिनिधिलाई मात्र नभई अन्य सहभागीका लागि पनि खानाको व्यवस्था गरिएको छ । ४६ सय प्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीका लागि पनि खाना खुवाइने उनले बताए । 

उद्घाटनको दिन बेलुका खानाका लागि अर्डर दिइएको छ । शुक्रबार ४५ सय जनाका लागि अर्डर दिइएको छ । शनिवार बिहानको खाजा पनि ४५ सयका लागि अर्डर गरिएको छ । शनिवार दिउसोको खाना ६ हजार जनाका लागि अर्डर गरिएको भने बेलुकाको खाना ४ हजारका लागि अर्डर गरिएको छ । 

आज बेलुकाका लागि मटन करी र चिकेन रोष्टको व्यवस्था छ । मिक्स्ड तरकारी, साग, दाल फ्राई, सलाद, अचार पनि राखिने छ । 

शनिवार बिहान खाजाका लागि उसिनेको अण्डा, चना, जाम पाउरोटी र चिया कफीको व्यवस्था गरिएको छ । ४ दिन खाना खुवाउनका लागि २ करोड २५ लाख रुपैयाँको खानाका लागि खर्च हुने खनालले बताए । 

काँग्रेस महाधिवेशनमा किचेनका लागि १ सय ५० बढी कामदार खट्नेछन् । 

खाना बनाउनका लागि सेफ ५० जना र ७० जना वेटरको व्यवस्था गरिएको छ । यस्तै ३० जना सरसफाइका लागि खटिँदैछन् । किचेनको सुरक्षाका लागि दियोलो फुडल्याण्डकै तर्फबाट ६ जना सुरक्षाकर्मीको पनि व्यवस्था गरिएको छ । खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप