शोभाकर पराजुलीको भिडियो अन्तरर्वाता : अब काँग्रेसलाई गुट उपगुटरहित बनाउनुपर्छ
नेपाली काँग्रेसका नेतासमेत रहेका पुर्व मुख्यसचिव शोभाकर पराजुलीले १४ औं महाधिवेशनपछि नेपाली काँग्रेस गुटउपगुटरहितको नेपाली काँग्रेस बनाउनुपर्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नेता पराजुलीले जीवन्त राजनीतिक दलमा पक्ष विपक्षलाई सुन्दर आभुषणका रुपमा लिइने भएपनि विगतका नेतृत्व तहले अनावाश्यक रुपमा गुट उपगुटलाई प्रश्रय दिँदा काँग्रेसले क्षती व्यहोर्नुपरेको बताए ।
‘राम्रा, आस्थावान र लोकप्रीय छवि बनाएका जो क्षमतावानसमेत रहेका नेता कार्यकर्तालाई गुटउपगुटका नाममा ओझेलमा पार्ने कामहरु भए’, पराजुलीले भने, ‘सोही कारण गत विर्नाचनमा जनमत काँग्रेसको पक्षमा हुँदाहुदै पनि नेतृत्वले चयन गरेका व्यक्तिका कारण प्रत्यक्षतर्फ कम संख्यामा प्रतिनिधिहरु निर्वाचित भए ।’ उनले विगतमा केन्द्रीय नेतृत्वको पक्षपात र काखापाखापुर्ण व्यवहारबाट पाठ सिक्दै १४ महाधिवेशनपछि नेपाली काँग्रेस गुट उपगुटरहित बनाउनुपर्ने बताए ।
‘अव आउने दिनमा यी सवै विकृतिहरुलाई छिन्नभिन्न गरेर पार्टीको १४ औं महाधिवेशनपछि गुटरहित काँग्रेस सिर्जना गर्ने कुरामा सम्पुर्ण नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिले सोच्नुपर्ने समयको माग हो’, नेता पराजुलीको भनाइ छ ।
पराजुलीसँगको अन्तर्वातामा भिडियोमा हेर्नुस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण