कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वका लागि तीन आकांक्षी, यस्तो रह्यो प्रदेश अधिवेशनको उद्घाटनसत्र (तस्बिरहरु)
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अधिवेशन शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । आइतबारसम्म चल्ने अधिवेशन अन्तर्गत शनिबार उद्घाटन सत्र सम्पन्न भएको छ । प्रदेशको प्रथम अधिवेशनले २११ सदस्यीय नयाँ कार्यसमिति छनोट गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदिप)ले जानकारी दिए ।
आइतबार बिहानदेखि सुरु हुने बन्दसत्रका लागि पाँच सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ । जसमा वर्तमान पार्टी सचिव रामदिप आचार्य, विन्दमान विष्ट, विमला केसी, विष्णु विक र कार्चेन लामा छन् । बन्दसत्रमै पार्टीका प्रदेश अध्यक्ष राजकुमार शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको मल्लले बताए ।
प्रदेशमा पार्टी नेतृत्वको दौडमा निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सह–इञ्चार्ज महेन्द्रबहादुर शाही, पूर्व मन्त्री विमला केसी र वर्तमान अध्यक्ष राजकुमार शर्मा छन् । तथापि वर्तमान कार्यसमितिलाई नै पुनः निर्वाचित गर्नका लागि ‘लबिङ’ भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
उनले भने, ‘पाँच महिना अघिमात्रै वर्तमान नेतृत्वलाई जिम्मेवारी दिइएको थियो । त्यसैले नयाँ नेतृत्व छनोट गर्ने सम्भावना छैन ।’
हेर्नुहोस् अधिवेशनको पहिलो दिनका तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण