बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वका लागि तीन आकांक्षी, यस्तो रह्यो प्रदेश अधिवेशनको उद्घाटनसत्र (तस्बिरहरु)

शनिबार, २५ मङ्सिर २०७८, २० : ४८
शनिबार, २५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अधिवेशन शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । आइतबारसम्म चल्ने अधिवेशन अन्तर्गत शनिबार उद्घाटन सत्र सम्पन्न भएको छ । प्रदेशको प्रथम अधिवेशनले २११ सदस्यीय नयाँ कार्यसमिति छनोट गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदिप)ले जानकारी दिए ।

आइतबार बिहानदेखि सुरु हुने बन्दसत्रका लागि पाँच सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ । जसमा वर्तमान पार्टी सचिव रामदिप आचार्य, विन्दमान विष्ट, विमला केसी, विष्णु विक र कार्चेन लामा छन् । बन्दसत्रमै पार्टीका प्रदेश अध्यक्ष राजकुमार शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको मल्लले बताए ।

प्रदेशमा पार्टी नेतृत्वको दौडमा निवर्तमान मुख्यमन्त्री  तथा प्रदेश सह–इञ्चार्ज महेन्द्रबहादुर शाही, पूर्व मन्त्री विमला केसी र वर्तमान अध्यक्ष राजकुमार शर्मा छन् । तथापि वर्तमान कार्यसमितिलाई नै पुनः निर्वाचित गर्नका लागि ‘लबिङ’ भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनले भने, ‘पाँच महिना अघिमात्रै वर्तमान नेतृत्वलाई जिम्मेवारी दिइएको थियो । त्यसैले नयाँ नेतृत्व छनोट गर्ने सम्भावना छैन ।’

 हेर्नुहोस् अधिवेशनको पहिलो दिनका तस्बिरहरु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप