स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्दै एमाले
आइतबार, २६ मङ्सिर २०७८, १० : ४३
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि बस्दैछ । भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा आइतबार ११ बजेपछि बस्ने बैठकले पार्टीको स्थायी समिति र पोलिटब्यूरो कमिटी गठन गर्ने एजेण्डा छ ।
१५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने तयारी छ । स्थायी समिति र पोलिटब्युरोमा पर्ने नामहरूबारे शनिबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सामान्य जानकारी गराएका थिए । शनिबारको बैठकले २३ पुसमा जिल्ला अधिवेशन, ८ माघमा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण