प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट भएपछि...
आइतबार, २६ मङ्सिर २०७८, १२ : ४८
नेपाली काँग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।
यसैक्रममा काँग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत मागेका छन् । महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो । दुवै उम्मेदवार हुन् । सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव
-
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
-
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
-
सहकारी विवादमा झन् फस्दै गृहमन्त्री लामिछाने
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ