सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्छ : सिटौला
नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् । आइतबार एक कार्यक्रममा महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै सिटौलाले चाँडै नै तीनै तहको निर्वाचन हुने भन्दै निर्वाचनमा जानका लागि सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ जानुपर्ने खाँचो औंल्याए ।
आन्तरिक व्यवस्थापन गर्न नसक्दा विगतमा पनि काँग्रेसले पराजय व्यहोरेको चर्चा गर्दै सिटौलाले कम्युनिस्ट पार्टीभित्रको कलहले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएको र काँग्रेसले अहिले अवसर प्राप्त गरेको बताए । उनले आगामी निर्वाचनसम्म देउवा नेतृत्वकै सरकार टिक्नुपर्ने खाँचो पनि औंल्याए ।
‘अहिलेको सरकार रहेमात्र धाँधलीरहित निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘वामपन्थीले गृह मन्त्रालय पाउँदा २०५४ सालमा के अवस्था आएको थियो भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले यो सरकार जोगाएर निर्वाचनमा पुग्नु पर्छ ।’
उनले महाधिवेशन प्रतिनिधिलाई प्रश्न गरे, ‘सभापति पदमा हारेको प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि सभापति जितेको प्रधानमन्त्री बोकेर जाने रु नेपाली काँग्रेस पार्टीको, लोकतान्त्रिक व्यवस्थाको कुरा गर्दै छु म । निर्वाचनमा पार्टीलाई जिताउन उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ ।’
सभापति पदमा पराजित गरेको प्रधानमन्त्री लिएर निर्वाचनमा जाँदा मतदातामा मनोवैज्ञानिक असर पर्ने भन्दै उनले देउवालाई सभापतिमा निरन्तरता दिने आवश्यक रहेको बताए । उनले भने, ‘दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था विधानले नै गरेको छ, त्यसैले देउवालाई नै एक पटक फेरि सघाउँ भन्ने मलाई लागेको हो ।’
आफूले देउवालाई सडकमै बसेर भए पनि तपाईलाई समर्थन गर्छु भनेको पनि उनले बताए । उनले भने, ‘देउवाको टीममा परिपक्व नेता पनि छन्, युवा नेता पनि छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण