एमाले बैठक : विरोध र असन्तुष्टिबीच कार्यविभाजन
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सकिएको करिब दुई हप्तापछि सुरु भएको दोस्रो पूर्ण बैठक आइतबार सकिएको छ । मध्यपुर थिमिस्थित एक पार्टी प्यालेसमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक सोही दिन साँझ सकिएर पुनः आइतबार १२ बजेपछि सुरु भएको थियो । आज साँझबाट भने बैठक सकिएको छ । महाधिवेशनपछिको महत्वपूर्ण मानिएको यो बैठकमा एमालेभित्र विगतदेखि कायम असन्तुष्टिको स्वर फेरि देखिएको नेताहरुको भनाई छ ।
पार्टीका उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराई, नेता घनश्याम भुसाल, झपट रावल, निरज आचार्य लगायतले कार्य विभाजनको शैलीलाई लिएर विरोध जनाएका छन् । पार्टीको विधानले महाधिवेशनबाट चुनिएका सबै प्रतिनिधिको १० प्रतिशत मनोनयन गर्न पाउने भनेपनि केही संख्या थपेर मनोनित गरेकोमा नेताहरुले आपत्ति जनाएका छन् ।
बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, सह इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘पार्टी सचिव भट्टराईले अध्यक्षमा पराजित नेता भीम रावललाई मनोनयन गर्न आग्रह गर्नुभयो तर, अध्यक्षज्यूले मान्नुभएन ।’

ती केन्द्रीय सदस्यताअनुसार रावलाई अन्य प्रक्रिया पुर्याएर स्थायी कमिटीमा मनोनयन गर्न भनिएको थियो । विवादमा आइरहने मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा सचिव भट्टराइले विरोध जनाए ।
शनिबारको बैठकमा ढिला गरेर आएका एमाले नेता घनश्याम भूसाल (आइतबारको बैठकबाट) स्थायी कमिटी सदस्य मनोनित भए । तर, बैठक हल बाहिर रहेका केही नेतासँग भूसाल भन्दै थिए, ‘कार्यविभाजनमा एउटा दायरा (फ्रेम) छैन, मनलाग्दो छ यो चित्तबुझ्दो भएन ।’ बैठकस्थल बाहिर बसेका सञ्चारकर्मीसँग भुसालले विधि र पद्धतिअनुसार नभएको बताए ।
जुनियर र सिनियरका कुरा
एमालेको दोस्रो पूर्ण बैठकले गरेको कार्य विभाजनप्रति धेरैको गुनासो जुनियरलाई अगाडि सारेको भन्नेमा रहेको देखियो । एक महिला केन्द्रीय सदस्यले बैठकमा भनिन्, ‘म भन्दा जुनियर पोलिटब्युरो सदस्य हुने म चाहिँ किन हुन सकिन ?’
अर्का एक पुरुष केन्द्रीय सदस्यले भने, ‘पार्टीले दिएको जिम्मेवारी लिने कि नलिने भो, नयाँ साथीहरुलाई पोलिटब्युरो म चाहिँ केन्द्रिय सदस्य मात्रै ।’ अर्कातर्फ एकता प्रक्रियाबाट आएका पूर्व माओवादी नेताहरुलाई दिएको जिम्मेवारी प्रतिपनि केही एमाले नेताहरुले आपत्ति जनाएको स्रोतले बतायो ।

चाहे जस्तो जिम्मेवारी दिन सकिन्न : महासचिव पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले पार्टीको बैठकमा भएका निर्णयलाई लिएर असन्तुष्टि जनाउनु लोकतान्त्रिक पद्धति भएको बताएका छन् ।
बैठक सकिएपछि सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिदैं उनले सबैलाई चाहेजस्तो जिम्मेवारी दिनु सम्भव नहुने बताए । आएका सल्लाह सुझावलाई मनन गरिने समेत उनको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण