पुटिन किन ट्याक्सी चलाउन बाध्य बनेका थिए ?
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् १९९१ मा सोभियत संघ टुटेकोमा आफ्नो दुःख जाहेर गर्दै त्यतिबेला आफूले पैसा कमाउन ट्याक्सी ड्राइभरको समेत काम गरेको बताएका छन् । सोभियत टुक्रिएपछि रुसमा आर्थिक संकटको पहाड खडा भएको थियो, जसका कारण रुसी नागरिकले पैसा कमाउन नयाँ उपाय अपनाउनु परेको थियो ।
ऐतिहासिक सोभियत संघ टुक्रेपछि पुटिनले आफ्नो जीवनका केही घटनाहरु साझा गरेका छन् । पुटिनको यस नयाँ टिप्पणीले युक्रेनबारे रुसको इच्छालाई बल मिल्ने आँकलन गरिएको छ । युक्रेन सोभियत संघकै एक हिस्सा रहेको थियो । रुसले अहिले युक्रेनको सीमामा करिब एक लाख सैनिक तैनाथ गरेको छ । पश्चिमा देशहरुको आशंका छ, रुसले अर्को सालको सुरुवातमा युक्रेनमाथि हमला गर्नेछ ।
रुसले भने ती आरोपहरूलाई खण्डन गर्दै युक्रेनमाथि उक्साहटको आरोप लगाएको छ । नेटोले पूर्वमा विस्तार नगर्ने ग्यारेन्टी माग गरेको छ । पुटिनको पछिल्लो टिप्पणी ‘रसिया लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा आएको थियो । यसको प्रशारण आइतबार गरिएको थियो । उनले भनेका छन्, ‘सोभियत संघको विघटन ऐतिहासिक रुसको विघटन थियो ।’ पश्चिमालाई रुस अझै विघटन हुने लागिरहेको पनि जिकिर गरे ।
सोभियतको विघटनबारे पुटिनले यसअघि पनि बयान दिँदै आइरहे पनि आफ्नो व्यक्तिगत कठिनाइबारे भने उनको विचार पहिलो पटक सार्वजनिक भएको हो । उनले वृत्तचित्रमा भनेका छन्, ‘कयौँ पटक अतिरिक्त पैसा कमाउनुपर्थ्यो । मेरो मतलब कारबाट एक निजी ड्राइभरको रुपमा अतिरिक्त पैसा कमाउन । त्यतिबेला ट्याक्सी निकै दुर्लभ थियो । त्यही भएर मानिसहरु पैसा कमाउन अनजान व्यक्तिहरुलाई यात्राको लागि भाडामा आफ्नो ट्याक्सी दिन्थे । केहीले एम्बुलेन्सलाई पनि ट्याक्सी बनाएर चलाउँथे ।’
पुटिनलाई सोभियत संघको जासुसी एजेन्सी केजीबीको एक पूर्व एजेन्टको रुपमा चिनिन्छ । तर, सन् १९९० को सुरुवातमा उनी सेन्ट पिट्सबर्गका मेयर एनाटोली सोबचकको कार्यालयमा काम गर्थे । सन् १९९१ मा सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभको सत्ता पल्टिएपछि उनले राजीनामा दिएका थिए । सत्ता पल्टिएपछि सोभियत संघ टुक्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण