फरार अभियुक्त २३ वर्षपछि पक्राउ
बुधबार, २९ मङ्सिर २०७८, ११ : १४
काठमाडौँ । लागु औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले रातोपाटीलाई बताए ।
नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।
प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण