नियन्त्रित अस्थिरताका संवाहक प्रचण्ड र माधव : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अस्थिरताका संवाहक प्रचण्ड र माधव नेपाल रहेको आरोप लगाएका छन् । बुधबार नवनियुक्त केन्द्रीय सदस्यहरुलाई सपथपछि सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्थिरता निम्त्याउने प्रमुख शक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेको बताएका हुन् ।
‘राष्ट्र दुई ध्रुवमा विभाजित हुदै गएको छ । सुशासन र समृद्धितर्फ सिंगो देश केन्द्रीत हुनुपथ्र्यो, भएन । किनभने नियन्त्रित अस्थिरता मच्चाउने कोसिस भइरहेका छन्’, ओलीले भने, ‘ती काम गर्ने शक्ति यहाँ छन् । अस्थिरता मात्रै क्रियड गर्ने ती शक्तिहरूमा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी’, ओलीको भनाइ छ ।
उनले यसमा कुनै भ्रम नराख्न पनि सुझाव दिए । साथै उनले कतिपयले उनीहरुसँग एकताको कुरा गरेपनि त्यो सम्भव नभएको बताए । अझै कतिपय साथीहरुले उनीहरुसँग एकताको कुरा गरिरहेको भन्दै उनीहरुसँग एकता गरेर कहि नपुगिने दावी गरे । ‘अस्थिरताका संवाहकसँग एकता गरेर कहीँ पुगिन्छ ?’ ओलीको प्रश्न छ ।
‘त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनेका छौ, तार कहाँ जोडिएको छ ? स्विच कहाँ अन अफ हुन्छ । महान जनयुद्ध भनेर युवाहरुलाई उरालियो, युवाहरु होमिए । हतियार कहाँबाट आयो ? त्यतातिर फर्केर हेर्न दिइन ?’, ओलीले जनयुद्ध पनि आफ्नो दुनो सोझ्याउने नीति अनुसार गरिएको बताए । ओलीले जनयुद्ध र महान क्रान्तिका नाममा बाहिरी देशमा तालिम दिएर युवाहरुलाई वर्वाद पारेर केही मान्छे महान नेताको रुपमा उदाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण