‘मिसेस नेपाल वर्ल्ड’ मा भिड्दै २४ प्रतियोगी
‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २४ महिला भिड्ने भएका छन् । आयोजक रिबन इन्टरटेनमेन्टलेले प्रतियोगिताको फाइन स्पर्धाका लागि विभिन्न चरण पार गर्दै २४ प्रतियोगी आउन सफल भएको जनाएको छ ।
मिसेस वर्ल्डबाट आधिकारिक फ्रेन्चाईजी प्राप्त ‘मिसेस नेपाल वर्ल्ड’मा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, विनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सृजना सुवेदी, निरन्जना भेटवाल, समिक्षा कार्की र माला सुनारका साथमा नायिका उषा रजक नामक प्रतियोगी रहेका छन् ।
विवाहित महिलाका लागि आयोजना गरिँदै आएको प्रतियोगिताको फाइन स्पर्धा आगामी पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ । वाईवाईले प्रयोजन गरेको प्रतियोगिातको फाइनल नेपाल वर्ल्ड नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
मिसेस नेपाल वर्ल्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले जानकारी दिए । विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यक्तित्व र क्षमता बृद्धिका लागि विभिन्न प्रतिभामूलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।
यता मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइनेछ । यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् । प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी