तुलसीपुरबाट लागुऔषधसहित १० जना पक्राउ
प्रहरीले दाडको तुलसीपुरबाट लागु औषधसहित १० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले २ ग्राम ९६० ग्राम मिलीग्राम लागु औषध (ब्राउन सुगर) सहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ५ का २१ वर्षीय वीरबहादुर बिक, तुलसीपुर ८ का २५ वर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भमकेका ३३ वर्षीय वीरबल बिरकट्टा, तुलसीपुर १८ बेलझुण्डी बस्ने २३ वर्षीय बैशाल सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना रहेका छन् ।
त्यस्तैगरी तुलसीपुर १ भमके बस्ने २२ वर्षीय विनोद भण्डारी, वडा नं. ५ बस्ने २४ वर्षीय देवीराम हल्वाई, वडा नं. ९ का २४ वर्षीय एकराज भण्डारी, वडा नं. ५ कै २६ वर्षीय मानबहादुर विक र कुमाख गाउँपालिका २ खानीखोला सल्यानका हाल तुलसीपुर बसपार्कमा बस्दै आएका २८ वर्षीय वीरबहादुर चलाउने लाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाडका डिएसपी श्यामु अर्यालले बताएका छन् । पक्राउ परेकाहरु तुलसीपुरका विभिन्न स्थानमा लागुऔषध बिक्री वितरण, ओसारपसारमा संलग्न रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण