सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भयो : महेश आचार्य
नेपाली काँग्रेसको उपसभापति पदका उम्मेदवार महेश आचार्यले पार्टीको महाधिवेशनमा सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भएको टिप्पणी गरेका छन् । महाधिवेशन विचार र नीति बहसमा केन्द्रित हुन नसकेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रिय साथीहरू, महाधिवेशनमा उत्साहपूर्ण सहभागिताका लागी बधाई। यद्यपि यो महाधिवेशन विचार र नीति बहसमा केन्द्रित हुन सकेन र हाम्रो सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भय’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर पनि देशैभरिका साथीहरूको कांग्रेस पुनर्निर्माणको संकल्प भने महसूस हुनेगरि प्रकट भयो।’
उनले महाधिवेशनका बेला आफूप्रति शुभेच्छा प्रकट गर्ने सबैमा आभार प्रकट गर्दै विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण