मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना पक्राउ
बिहीबार, ०१ पुस २०७८, ११ : ३४
दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेख र इर्साद अहम्मदलाई बुधवार पक्राउ गरेको हो । उनीहरु फ्लाई दुवईको विमानबाट काठमाडौं आएका हुन् ।
भारतको गुजरात घर भएका मोहम्मद साहिद इब्राहिम शेखले मलद्वारमा लुकाएर ल्याएको ३ सय ७९ ग्राम सुन प्रहरीले बरामद गरेको छ । केराला घर भएका इर्साद अहम्मदको साथबाट ४४२ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । इर्सादले जुत्ताको तलुवा र पाइन्टको बेल्टमा लुकाएर सुन ल्याएका थिए ।
बरामद ८ सय २१ ग्राम सुनसहित प्रहरीले उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण