मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना पक्राउ
बिहीबार, ०१ पुस २०७८, ११ : ३४

दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेख र इर्साद अहम्मदलाई बुधवार पक्राउ गरेको हो । उनीहरु फ्लाई दुवईको विमानबाट काठमाडौं आएका हुन् ।
भारतको गुजरात घर भएका मोहम्मद साहिद इब्राहिम शेखले मलद्वारमा लुकाएर ल्याएको ३ सय ७९ ग्राम सुन प्रहरीले बरामद गरेको छ । केराला घर भएका इर्साद अहम्मदको साथबाट ४४२ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । इर्सादले जुत्ताको तलुवा र पाइन्टको बेल्टमा लुकाएर सुन ल्याएका थिए ।
बरामद ८ सय २१ ग्राम सुनसहित प्रहरीले उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?