गाईले सुनको सिक्री निलेपछि...
तिहारमा हिन्दु धर्मावलम्बीले गाईको पूजा गर्छन् तर लक्ष्मीका रुपमा पुजिने गाईले पूजाकै क्रममा आफूलाई लगाइदिएको सुनको सिक्री नै निलेपछि एउटा परिवारले एक महिनाभन्दा लामो समय तनाव झेलेको छ ।
भारतको कर्नाटक राज्यको सिरसीमा श्रीकान्त हेगडेले दीपावलीमा गाईको पूजा गरेका थिए । उनको परिवारले गाई तिहारको दिन धुमधामसँग गाईलाई सिङ्गारेर पूजा गरेको थियो ।
यस क्रममा सो परिवारले गाईलाई २० ग्रामको सुनको सिक्रीसमेत लगाइदिएको थियो । तर केहीबेरमै गाईले उक्त सिक्री फुत्काएर निल्यो । गाईले सुनको सिक्री नै निलेपछि हेगडे परिवारले उक्त गाईलाई छुट्टै बाँधेर गोबरमा सिक्री आउँछ कि भनेर हेर्न थाल्यो । दैनिक रुपमा निगरानी गर्दासमेत ३५ दिनसम्म सुनको सिक्री गोबरमार्फत ननिस्किएपछि भने सो परिवारले पशु चिकित्सकसँग यसबारे परामर्श लियो ।
पशु चिकित्सकले गाईको पेटमै सिक्री रहेको किटान गर्नुका साथै उक्त सिक्री ननिकाले गाईको स्वास्थ्यमै असर गर्ने चेतावनी दिए । त्यसपछि उक्त गाईको पेटको शल्यक्रिया गरेर सिक्री निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेगडे परिवारले आफ्नो सानो गल्तीका कारण गाईले कष्ट व्यहोर्नु परेकोमा चिन्ता प्रकट गरेको बताइएको छ ।
तर, २० ग्रामको सुनको सिक्री गाईको पेटबाट निकाल्दा १८ ग्राममात्र पाइएको बताइएको छ । शल्यक्रियाका बाबजुद हाल गाईको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण