गण्डकीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १७० नामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४ महिला र १२ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित तनहुँमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार तनहुँमा ११, कास्की ७, बागलुङ ५, म्याग्दी २ र पर्वतमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार २४१ पुगेको छ ।
गण्डकी प्रदेशमा थप १ जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ का ६१ वर्षीय पुरुष रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२५ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ६२९ पुगेको छ भने होम आइसोलेसनमा १७१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १८७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण