रक्सी प्रकरणले विवादमा तानिएका पर्यटन बोर्डका सिइओ निलम्बित
शुक्रबार, ०२ पुस २०७८, २२ : २१
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप उनीमाथि छ ।
सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय बाहिरिएको थियो । यो प्रकरण सञ्चार माध्यममा आएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण