काठमाडौंको ओमशान्ति चोकमा पुरुष मृत फेला
आइतबार, ०४ पुस २०७८, १७ : २८
काठमाडौंको शान्तिनगर स्थित ओमशान्ति चोकमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ओमशान्ति चोक घर भएका ४० वर्षीय रोशनराज शर्मा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
गएराती सुतेका शर्मा दिनभर कोठाबाट निस्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । चुकुल लगाएर सुतेको अवस्थामा उनि मृत भेटिएका हुन् । पारिवारिक स्रोतका अनुसार उनी लागुऔषध सेवनकर्ता हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशक्त बन्दै न्यून चापीय प्रणाली, कहाँ कहाँ छ वर्षाको सम्भावना?
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
-
दूरसञ्चार क्षेत्रको दिगो विकासका लागि उठेका सवाल
-
त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण