कैलालीका अर्जुन दास हत्या प्रकरण : एकजना पक्राउ
कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी एकजना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा भएको भन्दै प्रहरीले पक्राउ गरेको आरोपीको नाम सार्वजनिक गरेको छैन ।
अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । हत्यापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए । सो अडियोसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
शव पोस्टमार्टम गर्ने सहमति
प्रहरी र स्थानीयको बिचमा मृतकको शव पोस्टमार्टम गर्ने सहमति भएको छ । यसअघि स्थानीयले अपराधी पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै आन्दोलन गरेका थिए । सहमति गरेर शव पोष्टमार्टमका लागी अस्पतालमा पठाइएको डिएसपी जोशीले बताए ।
हत्यामा संलग्नहरू र अर्जुनको बिचमा मोबाइलको विषयमा सामान्य विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, सो विवाद हत्यासम्म जानुपर्ने खालको नभएको प्रहरीको भनाई छ । घटनास्थलमा चुरोटका ठुटा भेटिएका छन् । लागु औषध प्रयोगकर्ताहरूले सनकको भरमा हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । आरोपीहरू पहिचान भैसकेको जानकारी दिँदै डिएसपी जोशीले भने–‘छिट्टै नतिजा आउने गरी अनुसन्धान गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण