बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्काशित

मङ्गलबार, ०६ पुस २०७८, १४ : ३९
मङ्गलबार, ०६ पुस २०७८

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् । 

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ ।  उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप