तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त
मङ्गलबार, ०६ पुस २०७८, १५ : २४
तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेसनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।
घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नो तर्फको सिमामा काँडेतार लगाउने काम लगभग पूरा गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण