नेप्सेमा सुधार : साढे १२ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार
बिहीबार, ०८ पुस २०७८, १५ : ५९
लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो । गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.६७ अंकले ऋणात्मक भएको छ ।
१२ अंक माथिले बढेको बजारमा आज कुल चार अर्ब ४९ करोड दुई लाखको कारोबार भएको छ । पछिल्ला तीन दिनयता नेप्सेमा १६० अंक माथिको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
-
नयाँ बानेश्वरमा विपक्षी दलको बैठक सुरु