गठबन्धनको सरकार निकम्मा : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुकाे सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुकाे सरकार बनाइएको बताएका हुन् ।
‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीको दावी छ । उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए । गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै उनले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाए । ‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ ।
विकास, सुशासन र सम्बृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उनले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेर आज मासिक ४ हजार रुपैयाँ घरमै पुग्ने गरेको ओलीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण