विश्व इतिहासमा आज : ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि इटालीबाट लिबिया स्वतन्त्र भएको दिन
आज २४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो । अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो । स्वतन्त्र भएपछि तत्कालिन राजा इड्रिसको मातहतमा लिबिया संबैधानिक राजतन्त्रात्मक देश बनेको थियो । सन् १९६९ मा तत्कालिन कर्णेल मौमर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो ।
ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो । प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ । शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए । त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो ।
कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्बोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो । सेनका वरिष्ठ अधिकारीहरुले न्युयोर्कको पुलास्की गाउँमा स्थापना गरिएको थियो ।
अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो । ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) लाई सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो । क्रिसमसको पूर्वसन्ध्यामा सो दंगा भड्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण