सम्बन्धविच्छेदको लागि श्रीमतीले राखिन् श्रीमानलाई ८ हजार वर्ष कैदको शर्त
विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ । सम्बन्धविच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरु लागू हुने गर्छ । तर, देश र कानुनअनुसार सम्बन्धविच्छेद फरक–फरक प्रकृतिको हुन्छ । कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु पनि सुन्दै डरलाग्दा हुन्छन् ।
न्यूज डट कम डल एयूका अनुसार अष्ट्रेलियामा बस्दै आएका नोम हुपर्टलाई इजरायल बाहिर जान निषेध गरिएको छ । उनकी श्रीमतीले उनको विरुद्ध मुद्दा दायर गरेपछि उनलाई इजरायल छोड्न निषेध गरिएको हो ।
इजरायलको एउटा अदालतका अनुसार उनलाई ९९९९ डिसेम्बर ३१ सम्म देश छोड्न नपाउने फैसला भएको छ । उनले यो सजायबाट बच्नका लागि ३ मिलियन डलर दिनुपर्ने हुन्छ । उनलाई उक्त पैसा बालबच्चाको लालनपालनका लागि दिनुपर्ने हुन्छ । अदालतले तोकेको पैसा तिरेमा मात्र उनलाई छुटकारा दिइने बताइएको छ ।
यस प्रकरणमा बेलायतका पत्रकार म्यारिन्ने अजिजले यस्तो समस्या धेरै अष्ट्रेलियाका नागरिकलाई हुनसक्ने बताएका छन् । उक्त व्यक्ति सन् २०१२ मा आफ्ना दुई बच्चासहित इजरायल आएका थिए । उनकी श्रीमती इजराइलमा नै थिइन् । उनले सोही समयमा नै मुद्दा दायर गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण