भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट
प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो भन्ने थाहा पाउँदा अचम्म लाग्ला । तर यो वास्तविकता हो । भारतमा विभिन्न दरका नोट छापिए जस्तै शून्य दरको नोट पनि छापिएको थियो । हाल भारतमा विभिन्न दरका नोट छापिने गरेको छ । यसमा १ रुपैयाँको नोटदेखि २ हजार रूपैयाँसम्मका छन् । तर भारतमा शून्य दरको नोट किन छापिएको थियो भन्नेबारे कौतुहल जाग्यो होला । यसबारे जानकारी लिऔं ।
किन छापिएको थियो शून्य दरको नोट
शून्य दरको नोटमा पनि महात्मा गान्धीकै तस्बिर छापिएको थियो । यो बिल्कूल अन्य नोट जस्तै देखिन्छ । तर तपाईंको मनमा प्रश्न उब्जिएका होलान् कि आखिर शून्य दरको नोट किन छापियो ? यो नोटको प्रयोग के होला ? रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यो नोट छापेको थिएन । यी नोटलाई भ्रष्टाचारविरुद्ध एक अभियानअन्तर्गत छापिएको थियो ।
यो शून्य रुपैयाँको नोट छाप्ने विचार दक्षिण भारतको एक गैर सरकारी संगठन (एनजीओ) को थियो । २००७ मा भ्रष्टाचारको बिरुद्धमा यो नोटलाई हतियारको रुपमा सुरु गरिएको थियो । तमिलनाडूमा काम गर्ने यो एनजीओले करिब ५ लाख शून्य दरको नोट छापेको थियो । यी नोटहरु हिन्दी, तेलेगु, कन्नड र मलयालम गरी ४ भाषामा छापिएको थियो । जसलाई जनतामाझ बाँडिएको थियो ।
नोटमा लेखिएको थियो विशिष्ट सन्देश
यो नोटमा भ्रष्टाचारको बिरुद्धमा कयौं सन्देश लेखिएका थिए । यो नोटमा लेखिएको थियो, ‘ भ्रष्टाचार अन्त्य गरौँ, यदि कोही घुस माग्छन् भने यो नोट दिनुस् र घटना बारे हामीलाई जानकारी दिनुस् ।’
यो नोटमा भारत स्वतन्त्रता अभियानका नेता महात्मा गान्धीकै फोटो राखिएको थियो र मुनी पट्टी एनजीओको फोन नम्बर र इमेल आईडी राखिएको थियो ।
एनजीओले यो शून्य रुपैयाँको नोट बनाउँथे र घुस माग्ने व्यक्ति दिने गर्दथे । शून्य रुपैयाँको नोट भ्रष्टाचारको बिरुद्धको एक प्रतीक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण