बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जापानमा सुरु भयो अनौठो बस : सडकको साथै रेलको लिकमा पनि चल्छ, १०० किमीसम्मको रफ्तार

आइतबार, ११ पुस २०७८, १६ : ५१
आइतबार, ११ पुस २०७८

यो बस हो, यो रेल पनि हो ।  यो दोहोरो काम गर्ने (डीएमभी) सवारी साधन हो । हामीले यसो किन भन्यौँ भने जापानले विश्वकै पहिलो दोहोरो भूमिका भएको सवारी साधन सडक र रेलको लिकमा गुड्न सक्ने सवारी साधन बनाएको छ । यो जापानको टोकुसिमा परफेक्चरको काईयो बस्तीमा शनिबारदेखि गुड्न थालेको छ ।

डीएमभी मिनिबस जस्तो देखिन्छ र सामान्य खालको रबरको टायरमा सडकमा गुड् । तर यो जब इन्टरचेन्जमा आइपुग्छ तब स्टिलको पाङ्ग्रा गाडीको मुनिबाट तल झर्छन् जसका कारण यो प्रभावकारी रुपमा रेलगाडीमा परिणत हुन्छ ।

डीएमभी चलाउने आसा कोस्ट रेलवे कम्पनीका सीईओले भने, ‘यो सवारीले साना सहरहरु जस्तै काइयोलाई सहयोग गर्न सक्छ । यो सहरको जनासंख्या बुढ्यौलीतर्फ र संकुचनको अवस्थामा गइरहेको छ । यो सहरमा स्थानीय सवारी साधनहरु नाफाका लागि संघर्ष गरिरहेका छन् ।’

‘यो डीएमभीले स्थानीयमाझ बसको रुपमा पुग्छ र उनीहरुलाई रेलको लिकमा समेत पुर्याउँछ,’ सीईओ सिगेकी मिउराले बताए । ‘बुढ्यौली उमेरको जनसंख्या, विशेषगरी यो ग्रामिण क्षेत्रका लागि यो उपयोगी मान्न सकिन्छ । हामीलाई लागेको छ कि यो सार्वजनिक सवारी साधनको एउटा राम्रो स्वरुप हो ।’

यो सवारी साधन रेलवे ट्रयाकमा २१ यात्रु बोकेर प्रतिघन्टा ६० किलोमीटरको गतीमा र परम्परागत सडकमा १०० किलोमीटरको गतीमा गुड्न सक्ने आसा कोस्ट रेलवेले बताएको छ ।

यसमा इन्धनको रुपमा डिजेल प्रयोग गरिन्छ । सानो आकारको यो सवारी विभिन्न रङमा उपलब्ध छ । यसलाई दक्षिणी जापानको शिकोकु तटमा पनि गुडाइने योजना बनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप