दुई लघुवित्त र एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।
साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले आठ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।
विजय लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले एक हजार २७२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० दशमलव ०३ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।
महुली लघुवित्तको समायोजनपछिको भाउ एक हजार ५०२ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण