पुँजीपतिहरुको अतृप्त भोकले समाजमा बेरोजगारी बढ्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तर्गत सोमबारको बन्द सत्रमा आफ्ना राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आफ्नो प्रतिवेदनमा प्रचण्डले मानवसभ्यता विकास, विश्व परिघटना उल्लेख गर्दै विश्व कम्युनिस्ट आन्दोलनका विविध पक्षबारे उल्लेख गरेका छन् ।
माओत्सेतुङको नेतृत्वमा सम्पन्न भएको चिनियाँ क्रान्तिसँगै विश्वमा क्रान्तिको लहर आएको उल्लेख गर्दै रुसमा समाजवाद निर्माणका सन्दर्भमा क्रान्ति तथा प्रतिक्रान्तिकारी घटना/परिघटनाका विविध पक्षका विषयमा पनि चर्चा गरेका छन् । यस्तै पुँजीलाई उत्पादनको क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा परिचालन गरेर छोटो समयमा अत्यधिक मुनाफा गरिने प्रवृत्ति पुँजीपतिहरूमा रहेको बताएका छन् । यसलाई प्रचण्डले वित्तीय पुँजीवादको विशेषताका रुपमा उल्लेख गरेका छन् ।
प्रचण्डले उत्पादनमूलक क्षेत्रमा नभइ बित्त क्षेत्रमा पुँजी पलायन हुनुले समाजवादीमा बेरोजगारीलगायतका अनेक समस्या उत्पन्न गराएको पनि उल्लेख गरेका छन् । वित्तीय क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण नै पुँजीपतिहरुको छोटो समयमा धेरै नाफा कमाउने उद्देश्य नै प्रमुख रहेको प्रचण्डको भनाइ छ ।
‘यो पुँजीपतिहरूको अतृप्त लोभ र अतृप्त भोक नै हो । उत्पादन क्षेत्रमा धेरै समय खर्चिनुपर्ने, नाफा कम आउने कारणले पनि छोटो समयमा नाफा गर्न सेयर बजार, धितोपत्र खरिदबिक्री, घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन्’, प्रचण्डले भने।
प्रचण्डले अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादीहरुले समेत वित्तीय एकाधिकारको प्रयास गरेको पनि आरोप लगाएका छन् । उनले दलाल पुँजीवादको सहारामा विभिन्न हर्कतका कारण नवऔपनिवेशवाद लाद्ने प्रयास भइरहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण