गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ८७ जनामा गरिएको नमूना परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ११ महिला र ५ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की १३, लमजुङ २ र गोरखा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ४०६ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२६ पुगेको छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ८६८ पुगेको छ भने होम आइसोलेसनमा १०१ जना रहेका छन् ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या ११२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण