स्पेनको सडकमा ‘ट्रक चालक हजुरआमा’
स्पेनमा २० प्रतिशत महिला ट्याक्सी वा बस चालकको तुलनामा केवल ४ प्रतिशत महिलाले मात्रै ट्रक चलाउँदै आएका छन् । सडकमा महिलाका लागि ट्रक चलाउनु सजिलो छैन । किनकी यो कामका लागि उनीहरु परिवारबाट छुट्टिएर टाढा जानुपर्छ । ट्रक चालकको रुपमा काम गर्न बेगोना उरमेनेटाका लागि सधै सजिलो भने पक्कै थिएन । तर उनी आफ्नो पेसालाई सधैँ सम्मान गर्छिन् र स्पेनमा आफू जस्ता अन्य मानिसको आवश्यकता भएको पनि बताउँछिन् । युरोपमा सामान ढुवानी गर्ने ट्रक चालकको व्यापक कमी भएकोले उनले यस्तो बताएकी हुन् । सम्बन्धविच्छेद भइसकेकी ५९ वर्षीया दुई सन्तानकी आमा र दुई बच्चाका हजुरआमा, पछिल्लो २६ वर्षदेखि लामो दुरीको लरी चलाउँदै आएकी छिन् । उनी माछादेखि डर लाग्दा सामग्रीहरुको ढुवानी गर्दै आएकी छिन् । बेगोना उरमेनेटा भन्छिन्, ‘यो काम गर्न तपाईंले बारम्बार आफ्नो क्षमता साबित गर्नुपर्छ ।’
‘जब मैले सुरु गरेँ तब उनीहरुले भन्थे, ‘.... बेगोना एक महिला हुन्, उनले फ्रिज उचाल्न सक्दिनन्, अप्ठेरा सामग्री ओसार पसार गर्न सक्दिनन्, ’’ पूर्वी स्पेनको भेलेन्सियामा बस्ने उरमेनेटा भन्छिन्, ‘मलाई यसो भन्दा उनीहरु खुसी हुन्छन् भने उनीहरुलाई यस्तो भन्न दिनुपर्छ । किनभने अहिलेसम्म मैले यो सबै गरिरहेकी छु । यदि गर्न सक्दिनँ भने मद्दत माग्छु ।’
सरकारले धेरै महिला र युवालाई यो क्षेत्रमा आकर्षित गर्न उपायको समीक्षा गर्ने आदेश दिएको छ ।
यो पेशाले लामो समयसम्म घर र परिवारबाट टाढा लिएर जान सक्छ । स्पेनमा हाल लरी चालकको औसत उमेर ५० छ । उरमेनेटाका अनुसार १० वर्ष भित्र देशमा सामान ओसारपसारका लागि कोही पनि बाँकी हुने छैनन् । उनले रोयटर्ससँग भनिन्, ‘आज स्पेनमा १०,००० देखि २०,००० ट्रक चालकको कमी केही पनि होइन, यो हिमशिलाको टुप्पो मात्रै हो ।’ उरमेनेटा कयौँ घन्टा एक्लै सडकमा ट्रक चलाउँछिन् र यो काममा उनलाई कुनै पनि किसिमको समस्या छैन । उनले आफ्नो ट्रकको विन्डस्क्रीनमा एउटा चिन्ह राखेकी छन् । जसमा लेखिएको छ, ‘महिला ट्रक चालक मेरो पेशा, मेरो इच्छा ।’
ट्रक चालकको कमी कुनै पनि तरिकाबाट स्पेनमा मात्रै सीमित रहेको छैन । यो वर्ष विश्वव्यापी अर्थव्यवस्था कोरोना भाइरसको महामारी र यसका कारण भएको लकडाउनबाट उठ्ने प्रयासमा लागि रहेको छ ।
युरोपियन ट्रक चालक असोेसिएशनका अनुसार युरोपमा मात्रै लगभग ४ लाख ट्रक चालकको कमी रहेको छ । उरमेनेटा भन्छिन्,‘ युवाहरुलाई यस्तो काम माग भएको र खराब तलबको प्रस्ताव राख्ने कामका लागि आकर्षित गर्ने कुरामा म कम आशावादी छु । कारखानाका जागिर निकै आकर्षक छन् । मानिसहरु दिनभरी काम गरेपनि राती आफ्नो घर जो जान पाउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण