शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी
प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।
उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,' दाहालले भने,'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'
मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवा सुविधा राईले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण