पदाधिकारी नै चयन नगरी सकियो मोरङ अखिलको अधिवेशन
नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहरू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियुले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३ औँ जिल्ला अधिवेशन पदाधिकारी विनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।
शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुङ्ग्याउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्नेगरी अधिवेशन सम्पन्न भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियूका उपमहासचिव भास्कर खनालले बताए । उनका अनुसार २९ पुसमा बस्ने बैठकले अध्यक्षसहित अन्य पदाधिकारी टुंगाउने भएको छ । एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारीसहित सबै सदस्य सर्वसम्मति बाटै गर्नेगरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण