नबिल बैंकले ल्यायो ‘आजीवन डिम्याट खाता २०२२’ अफर
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको छ ।
यो योजना जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्मको लागि रहेको छ । यो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सकिन्छ ।
कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाहरुलाई आफ्नो डिम्याट खाताको योजना पुषको २६ गतेदेखि लागू गरेको हो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गरेका थिए । तर यो नयाँ वर्ष २०२२ बाट ९७८ रुपैयाँ छुटसहित २ हजार २२ रुपैयाँमा आजीवन नवीकरण गर्न मिल्ने नयाँ योजना कम्पनीले सार्वजनिक गरेको हो ।
यसका साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नका लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew गई अनलाइनबाट नै भुक्तानी गर्न सकिन्छ । यो सुविधा अन्तर्गत विदेशमा रहेका वा खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरूले एकैपटक र एकमुष्ट रकम जम्मा गरी आजीवन नवीकरणको झन्झटबाट मुक्त हुन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण