बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा
बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले जानकारी दिए ।
यस्तै, नगराइन नगरपालिकाले पनि अगामी पाँच दिनका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको जनाएको छ । अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले आजदेखि पाँच दिनका लागि नगर क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, लक्ष्मीनियाँ गाउँपालिकाले पनि गाउँपालिकास्थित विद्यालयमा आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले सूचना जारी गरी चिसोका कारण विद्यालयमा बिदा दिएको जानकारी दिएका छन् ।
विगत केही दिनयता बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
विगत तीन दिनदेखि घाम नउदाउनाका साथै चिसो हावा चलेका कारण सर्वसाधार आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ । चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण