पल्पसालाई विष्णुभक्त रंगकर्मी सम्मान
यस वर्षको विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान चम्सुरीको रुपमा चर्चित कलाकार पल्पसा डंगोललाई प्रदान गरिएको छ । बिष्णु भक्त–तारादेवी स्मृति गुठीद्वारा मंगलबार आयोजित पाँचौ स्मृति सभामा डंगोललाई २० हजार नगदसहित सो सम्मान प्रदान गरिएको हो ।
डंगोल तीन दशकदेखि कलाकारितामा संलग्न छिन् । ५ वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको एक नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन भएको थियो । कलाकारितामा करिव ५ दशक बिताएका वरिष्ठ रंगकर्मी फुयाँलको स्मरण गर्दै पुरस्कार स्थापना गरि हरेक वर्ष स्मृतिसभा आयोजना गरि सो सम्मान गरिदै आएको छ ।
यस अगाडि ,यो पुरस्कार कलाकार राजेन्द्र गड्तौला, लक्ष्मणसिंह बस्नेत, रमेश केसी मट्टारेले पाएका थिए । स्मृति सभा कार्यक्रममा गुठीका सदस्य एवं फुयाँलका छोरा कमलले बुबाले नाटकको माध्यमबाट सामाजिक रूपान्तरणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण