दिल्लीमा एकैदिन ५८ हजार जनामा कोभिड संक्रमण
बुधबार, २१ पुस २०७८, ११ : ०९
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यू लगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका छन् ।
भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण