सार्कको विकल्पमा बिमिस्टेक ?
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः निष्क्रिय भएको समयमा बिमिस्टेक सक्रिय हुनुपर्ने विश्लेषणसमेत भइरहेको छ । भारतले पाकिस्तानबिनाको क्षेत्रीय संगठन बिमिस्टेकलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएपछि सार्क सम्मेलन हुन सकेको छैन ।
पाकिस्तानले नवौं शिखर सम्मेलन गर्नुपर्ने थियो । तर, सो शिखर सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वका कारण तत्काल हुने सम्भावना पनि छैन । ३७ वर्षको इतिहास बोकेको सार्कको औचित्य अन्योल बन्दै गएकाले क्षेत्रीय संगठनको आवश्यकता बिमिस्टेकबाट पूरा गर्न नेपालले पनि सक्रियता देखाउनुपर्ने महसुस गरेरै बिमिस्टेकलाई रचनात्मक रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण