नारायणहिटी दरबारको लमजुङ कक्ष जोगियो, बगैँचा मासियो
नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महत्त्वपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।
सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्छन्, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाइ बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।” नेपालको मौलिक कला शैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उनी सम्झन्छन् ।
यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गरे । दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन । २०७७ को सुरुतिर सङ्ग्रहालयभित्र कफिसप चलाउनु पर्यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म लविङ भएको देखिन्छ ।
त्यहीबीचमा मुख्य प्रवेशद्वारको बायाँपट्टि रातो घरसहितको छ आना तीन पैसा जमिन भाडामा लगाउने कुरामा सहमति जुट्यो । सोही सहमतिअनुसार, आवश्यक कानुनी प्रक्रियाका लागि २०७७ साउनमा टेन्डरआह्वान गर्दा तीनवटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिने मध्ये दुईवटा कम्पनी होटल आनन्द र बीपीएस लिजिङ एन्ड म्याने जमेन्ट बतास समूहका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण