दोब्बरले बढ्यो नेपाल टेलिकमको इन्टरनेट खपत
नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गोरखापत्र दैनिकका अनुसार टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ। यो सन् २०२१ को औसत इन्टरनेट खपत हो। सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो।
फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो। कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ। फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो। यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन। सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ। सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ। फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण