पत्रपत्रिका
बीमा अभिकर्तालाई कर्जा दिन रोक
शुक्रबार, २३ पुस २०७८, ०६ : ०६
बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो ।
अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो । समितिले अहिले आएर उक्त व्यवस्थालाई हटाएको हो ।
समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अब कम्पनीहरूले अभिकर्तालाई कर्जा दिन नपाउने बताए । कम्पनीहरूले अब बीमित र कर्मचारीहरूलाई मात्र कर्जा दिन पाउने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण