६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती
पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।
काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२ ७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए । अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८ ७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी दुई पाङ्ग्रे छन् । २०७२ ७३ मा दुई पाङ्ग्रेको सङ्ख्या सात लाख २२ हजार ७ सय २२ थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण