शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

सातै प्रदेशमा सत्ता साझेदार दलको संयन्त्र

शुक्रबार, २३ पुस २०७८, ०६ : ३५
शुक्रबार, २३ पुस २०७८

सरकार सञ्चालन प्रभावकारी बनाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित 'उच्चस्तरीय राजनीतिक संयन्त्र'को बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता साझेदार दलका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि वरिष्ठ नेता पौडेलका अनुसार केन्द्रको संयन्त्रले सबै प्रदेश समितिलाई निर्देशन जारी गर्ने र सत्तारूढ दलका प्रदेश नेतृत्व सम्मिलित समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

पौडेलले भने, “सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार बनाइनुभएका साथीहरूलाई जिताउनका लागि केन्द्रबाट निर्देशन दिने र सातै प्रदेशमा पाँच दलका प्रतिनिधि रहेको समन्वय समिति गठन गरेर अघि बढ्ने निर्णय भएको छ ।” साथै सत्तारूढ दलको केन्द्रीय नेतृत्वले पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन सर्कुलर जारी गर्ने निर्णय भएको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले बताए । नेता पौडेलका अनुसार राष्ट्रिय सभा निर्वाचनसँगै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे पनि बैठकमा छलफल भएको छ । आउँदो माघ १२ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप