ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?
शुक्रबार, २३ पुस २०७८, १४ : ३८
नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे ।
‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’ ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
-
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ