शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के सन् १९१८ को इतिहास दोहोरिएको हो ? सामान्य भाइरसमा परिणत होला ओमिक्रोन ?

शनिबार, २४ पुस २०७८, १३ : १४
शनिबार, २४ पुस २०७८

सन् १९१८ मा विश्वभर फैलिएको फ्लुको महामारी जस्तै अहिले विश्वभर ओमिक्रोनको महामारीको लहर आउँदैछ । एक शताब्दी पहिले पनि मानिसहरु मुखमा मास्क लगाएर घरबाहिर निस्किन्थेँ । फेरि अहिले पनि मानिसहरु मास्क नलगाई बाहिर निस्किन सक्दैनन् । अमेरिकाका ओरेगन स्टेट युनिभर्सिटीका रिसर्चर क्रिस्टोफर म्याकनाइट निकोल्सले ओमिक्रोन जस्तै सन् १९१८ मा फैलिएको फ्लुले युवा र स्वस्थ व्यक्तिहरुलाई सबैभन्दा बढी आक्रमण गरेको बताएका छन् । 

द वाशिङ्गटन पोस्ट्मा प्रकाशित एक लेखमा निकोल्सले सन् १९१८ को फ्लु पहिलो विश्व युद्धका कारण अमेरिकाबाट पूरै विश्वभर फैलिएको थियो । उक्त फ्लु हावाबाट फैलने रोग थियो । यसको संक्रमण ६ महिनामा विश्वभर पुगेको थियो । ओमिक्रोनजस्तै यो फ्लुबाट मृत्यु हुने दर पनि कम थियो । 

फ्लुको केही लक्षणहरु ओमिक्रोनको जस्तै थियो । मानिसहरु उक्त फ्लु लागेपछि ज्वरो र रुघाखोकीबाट पीडित हुन्थे । उक्त समयमा पनि मानिसहरुले ३ दिनसम्म रहने रुघाखोकी र ज्वरोको रुपमा लिएका थिए । निकोल्सका अनुसार सन् १९१८ मा उक्त फ्लुको खतरनाक भेरियन्ट देखापरेको थियो । जसले अमेरिकामा एक महिनामा २ लाख मानिसहरुको मृत्यु भएको थियो । सन् १९१९ आउँदै गर्दा मृत्युदरमा कमी आयो । उक्त समयमा विश्वभर ५ करोड मानिसको मृत्यु भएको थियो । 

मानिसहरुको लापरबाहीका कारण सन् १९१८ मा पनि फिल्म हल, स्वीमिङ पुल, सार्वजनिक स्थलहरुमा रोक लगाइएको थियो । घरबाहिर निस्किनका लागि मास्क लगाउन जरुरी थियो । मास्क नलगाउनेलाई जेल हालिएको थियो । फ्लुको संक्रमण हुँदा आइसोलेसन र सामाजिक दूरी कायम गर्नुपर्ने नियम थियो । 

एक शताब्दी पहिले नै वेज्ञानिकहरुले सन् १९१८ मा खोप बनाउने कोसिस गरेका थिए । तर, उनीहरुले खोप बनाउन सकेनन् । निकोल्सले उक्त फ्लु अहिले पनि हावामा जिवित भएको दाबी गरेका छन् । उनले कोरोना भाइरस पनि कहिल्यै नहराउने तर एक सामान्य भाइरसको रुपमा परिणत हुने दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप