१०–१५ वर्ष मात्रै राजनीतिमा सक्रिय रहन्छु : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् ।
विनायक सिद्धि कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्प सहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५/३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०/१५ वर्ष मात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ –सकारात्मक सोच्ने तन्नेरीहरू । हाम्रा तन्नेरीहरूसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होइन, सोलुसन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’ जसले पनि देखाउनसक्छ । ‘प्रवलम’ देखाउने बहादुर होइन् सोलुसन खोज्ने मानिस बहादुर हो ।’
महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यकता नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’