नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान
नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ । सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने । सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई शुक्रबार नै निर्देशन दिएको थियो ।
समितिका अनुसार जग्गा भाडामा लगाउने विषयसँग सम्बन्धित कागजपत्र बुझ्ने काम भइरहेको छ । थप अध्ययनपछि प्रतिवेदन तयार पारी दोषी देखिएमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार हुनेछ । सो प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइने छ । यसैबीच भारत सरकारको सहयोगमा निर्मित 'नेपाल–भारत मैत्री धर्मशाला’मा होटल सञ्चालनका लागि भाडामा लगाउने विषयमा गठित छानबिन समितिले शनिबारबाट नै अनुसन्धान प्रक्रिया सुरु गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । बतास समूहले होटल आनन्द सञ्चालन गरिरहेको धर्मशाला भाडामा लगाइएको कानुनी प्रक्रिया र नीतिगत निर्णयका सम्बन्धमा अनुसन्धान गर्ने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) समर्थक युवा सङ्घ नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र धर्मशाला भाडामा लगाइएको विवादस्पद निर्णयका सम्बन्धमा छानबिन गर्न मन्त्री आलेलाई ज्ञापनपत्र नै बुझाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण