प्रधानसेनापतिलाई भएको के हो ?
प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।
तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।
स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै पौडेलले भने, आवश्यक समयमा हामी तपाईंहरुलाई जानकारी गराउनेछौँ । प्रधानसेनापति शर्मा एक दुई दिनमै स्वदेश फर्किने भन्दै उनले त्यसपछि आवश्यकताअनुसार जानकारी दिने जिकिर गरे । उपरथीको जिम्मेवारीमा हुँदा दुई पटकसम्म मिर्गौलामा स्टोन भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको स्रोतले जनाएको छ । यसअघि सैनिक अस्पतालमै उपचार गराउँदै आएका शर्माको स्वास्थ्यमा थप जटिलता आएपछि बिदा नै लिएर उपचारका लागि भारत गएको स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण