पत्रकार महासंघ बेलायतको कार्यशालामा ७० भन्दा बढी संस्था सहभागी
नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशालामा बेलायतस्थित ६ दर्जन भन्दा बढी संस्थाको उत्साहजनक सहभागिता रह्यो । कार्यक्रममा विभिन्न संस्थाका एक सय भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
आइतबार बिहान भर्चुअल रूपमा आयोजित उक्त कार्यशालामा शाखाका निवर्तमान अध्यक्ष एवम् पत्रकार नरेश खपांगीमगरले प्रेस रिलिजसम्बन्धी एक विशेष प्रस्तुति राखेका थिए । उनले प्रेस रिलिजमा के कस्तो जानकारी हुनुपर्ने, कसरी तयार पार्ने ? मिडियामा पठाउँदा के कस्ता कुरामा ध्यान पुर्याउने भन्ने जस्ता विषयमा जानकारी गराएका थिए । डेढ घण्टा लामो प्रिजेन्टेसनमा उत्सुकतापूर्वक सहभागी बनेका संघसंस्थाका प्रतिनिधिले कार्यक्रमको अन्त्यमा सोधेका थप प्रश्नहरूको प्रिजेन्टर खापांगी मगरले जवाफ दिएका थिए ।
त्यसअघि शाखाका अध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए । बेलायतका नेपाली संघसंस्थाका सूचना र गतिविधिहरुलाई प्रभावकारी ढंगले मिडियामार्फत आम समुदायसम्म पुर्याउने कार्यक्रममा कार्यशालाले सहयोगी भूमिका खेल्ने आशा उनले व्यक्त गरे ।
कार्यशालामा सहभागी संघसंस्थाका प्रतिनिधिले नेपाल पत्रकार महासंघ बेलायतले आयोजना गरेको कार्यशाला उपयोगी रहेको भन्दै प्रशंसा गरे । उनीहरूले समुदायको हितमा केन्द्रित यस्ता कार्यक्रमहरू निरन्तर राख्न पनि शाखालाई आग्रह गरे ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकारहरू फडिन्द्र भट्टराई र दूत पुनसहित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्ष प्रमिला लावुंग राई र शिव भण्डारी, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र सदस्यहरु गोमा राना, जयराम तामाङ, नगेन्द्र नेम्वाङ, बाचस्पति रेग्मी, मिलन तमु, बम थापा सूर्यवंशीसहितका पत्रकारहरूको पनि सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण