मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाघको छालासहित ४ जना पक्राउ

आइतबार, २५ पुस २०७८, १० : ५३
आइतबार, २५ पुस २०७८

दाङको लमही नगरपालिका–३ टिक्लिगढबाट बाघको  एक थान थान छालासहित ४ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका–३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका–१ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका–२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशा कुमार चौधरी छन् ।

धनसरीको कोठामा बाघको जस्तो देखिने छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।  यसबारे थप अनुसन्धान भइरहेको  प्रहरीको केन्द्रिय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप